Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्ता गठबन्धनको बैठकअघि माओवादी, नेकपा एस र जसपाका नेता जुटे छलफलमा

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जनता समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा एमसीसीको विपक्षमा रहेका दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र अशोक राई सहभागी छन् ।

सत्ताका नेतृत्व गरेको नेपाली काँग्रेसले एमसीसी टेबल गर्न जोडबल गरिहेको छ । बिहीबार बसेको गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति हुन नसकेपछि विनानिष्कर्ष टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077