Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान सुरु हुँदै

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजदेखि सुरु हुने भएको छ । निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थलमा आज शुक्रबार यान्त्रिक परीक्षण उडान गर्न लागिएको हो ।

क्यालिब्रेसन फ्लाइट हुने भएकाले भैरहवा विमानस्थलको उडान शुक्रबार दिनभर ठप्प हुने जनाइएको छ । परीक्षण उडानका क्रममा दिउँसो केहीबेर आन्तरिकतर्फका नियमित उडान प्रभावित हुनेछन् ।

भैरहवाबाट बिहान ७ वटा र साँझ १२ वटा नियमित उडान हुने गरेका छन् । दिउँसो ३ घण्टाजति नियमित उडान प्रभावित हुने छ ।

आउने बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी छ। त्यसअघि परीक्षण उडान गर्न लागिएको हो ।परीक्षण उडान यही फागुन १५ गतेसम्म जारी रहनेछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानका लागि एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज बिहीबार भैरहवा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077