Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता सकियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता सकिएको छ ।

सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

बिहीबार राति भएको करिब डेढ घण्टा प्रधानमन्त्री देउवा र ओलीबिच छलफल भएको हो । भेटवार्तामा के सहमति भयो भन्नेबारे स्पष्ट भएको छैन् ।

गठबन्धनमा एमसीसीबारे सहमति जुट्न नसकेपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । देउवासँगै भेटमा देउवापत्नी आरजु राणा पनि सहभागी थिइन् । देउवा र ओलीबिचको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077