Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा गठबन्धनको बैठक लगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा

काठमाडौं । सत्तारूढ गठबन्धनको दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् ।

देउवा र ओलीबीच अहिले केहीबेरमा भेटवार्ता हुन लागेको हो । केहीबेरअघि बालुवाटारमा सकिएको सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न निस्किएका हुन् ।

बिहीबार बिहान कांग्रेस सांसद मीनेन्द्र रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । भने सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले पनि ओलीसँग कुरा गरेका थिए ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077