Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी शुक्रबार बस्ने संसद बैठकमा पनि टेबल हुने सम्भावना न्युन

काठमाडौं । भोलि बस्ने प्रतिनिधिसभामा पनि एमसीसी पेश हुने सम्भावना न्युन भएको छ ।

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय लिन बसेको सत्ता गठबन्धनको निष्कर्षविहीन सकिएपछि भोलि बस्ने संसंद बैठकमा एमसीसी पेश हुने सम्भावना न्युन भएको हो ।

राजनीतिक दलहरूको विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीबारे निर्णय लिन आज गठबन्धनको बैठक बसेको थियो ।

बैठक शुक्रवार बिहान ९ बजे फेरि बस्ने गरी निष्कर्षविहीन सकिएको हो । शुक्रवारको संसद बैठकमा एमसीसी पेश गर्ने प्रधानमन्त्रीको तयार थियो तर अन्तिम निर्णय गर्ने भनेर बोलाइएको बैठक भोलि फेरि बस्ने गरी सकिएपछि एमसीसी भोलिको संसद बैठकमा पेश हुने सम्भावना कम देखिएको छ ।

बिहीवार साँझ साढे ५ बजे शुरू भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077