Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीबारे निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं । एमसीसीबारे निर्णायक छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन सकिएको छ ।

करिब दुई घण्टासम्म बसेको बैठक शुक्रवार बिहान ९ बजे फेरि बस्ने निष्कर्षविहीन सकिएको हो । बैठकमा कुनै निष्कर्ष ननिस्केको र भोलि बिहान ९ बजे फेरि बस्ने सहमति जुटेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको छ ।

जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । बैठकमा राष्ट्रिय जनमोर्चा पनि अनुपस्थित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077