Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवसहित ८ दलीय मोर्चाले भोलि एमसीसीविरुद्ध देशभर संयुक्त विरोध प्रदर्शन गर्ने

काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने भएको छ ।

मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।

यस्तै भोलि १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् । यस्तै नेपाल बन्दको दिन पक्राउ परेकाहरुलाई विना शर्त तुरुन्त रिहा गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077