Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • जेठ २ गतेदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान सुरु गरिने

    जेठ २ गतेदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान सुरु गरिने

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु हुने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति जेठ २ गते बुद्ध पूर्णिामाको दिनलाई तोकिएको हो।



    प्राधिकरणले विमानस्थलको व्यावसायिक सञ्चालन गर्न समिति समेत गठन गरेको छ ।  समितिलाई तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी कामको जिम्मेवारी दिइएको प्राधिकरणको भनाइ छ।



    विमानस्थलमा भोलिबाट क्यालिब्रेशन उडान सुरु हुँदैछ । क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार मात्रै थाइल्याण्डबाट एरो थाइको जहाज नेपाल आइपुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार