Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौँको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बालाजुको गंगा हल अगाडि बाटो काट्ने क्रममा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरूलाई ठक्कर दिने बस र चालक फरार भएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077