Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'राजनीतिकै बेइज्जत भयो, कि सत्ता छाड्नुस् कि सडक'

काठमाडौं । नेकपा एमालेकी पोलिटब्युरो सदस्य एवम् सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कि सत्ता छाड्न कि सडक छाड्न अनुरोध गरेकी छन् ।

एमसीसीको विरुद्धमा आन्दोलनमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ता सडकमा आएपछि उनले यस्तो आग्रह गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले सत्ता, सडक र सदन सबै एकैचोटी चाहिने भन्दै प्रश्न समेत गरेकी छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको नाम उल्लेख नगरी चौधरीले यस्तो लेखेकी हुन् ।

साथै उनले नेकपा माओवादी र एकीकृत समाजवादीले राजनीतिकै बेइज्जत गरेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, 'सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी ? दोहोरो चरित्रको पराकाष्टा भयो, कि सत्ता छाड्नुस् कि सडक, राजनीतिकै बेइज्जत भयो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077