Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए ।

चैतमा पठनपाठन पूरा गर्ने, वैशाखभित्र परीक्षा, विद्यार्थी भर्ना गरिसक्ने र जेठबाट पठनपाठन सुरु हुने उनले बताए ।

एसईईको परीक्षा वैशाख ९ देखि सुरु हुने र एसईई सकिएपछि नयाँ सत्र सुरु हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077