Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ढलौटको मूर्तिहरू चोरी गर्ने दुई जना युवक पक्राउ

काठमाडौं । काठमाडौंमा ढलौटको मूर्तिहरू चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर १५ बाट सिन्धुपाल्चोक १८ वर्षीय सुदिप नेपाली र रसुवाका १८ वर्षीय रमेश बागदासलाई प्रहरीले मुर्तिहरुसहित पक्राउ गरेको हो ।

ठमेलबाट डल्लुतर्फ आउँदै गर्दा डल्लु पुल नजिकबाट महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीद्वारा गस्तीको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

ती व्यक्तिहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा ज्याकेटभित्र लुकाई छिपाई मूर्तिहरू ल्याएको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुको साथबाट तयारी अवस्थामा रहेका ढलौटको ४ वटा मूर्तिहरू बरामद गरिएको छ । घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(२) अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा दुबै जनामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077