Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • अख्तियारद्वारा वन अधिकृतसहित ३ जनाविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्धा दायर

    अख्तियारद्वारा वन अधिकृतसहित ३ जनाविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्धा दायर

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने अख्तियारको दाबी छ।



    अख्तियारका अनुसार घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ मिश्रको छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ । अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी लिएको छ ।



    यस्तै, वन अधिकृत मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैंले लिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ । ग्याल्जेनबिरुद्ध पनि २५ लाख बिगो मागदाबी लिएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार