Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता: आजको संसदमा एमसीसी पेश नगर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना कर्पोरेशन (एमसीसी) सम्झौता आजको प्रतिनिधिसभा बैठकमा पेश नहुने भएको छ ।

केही बेरअघि बालुवाटारमा सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।

यसअघि माओवादी संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

माओवादीले संसद सुचारु नहुँदासम र एमसीसीमा राष्ट्रिय सहमति नबन्दासम्म एमसीसी टेबुल गर्न नसकिने निष्कर्ष निकालेको थियो । सोही निर्णय सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।

यता, संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको कार्यव्यबस्था परामर्श समितिको बैठक जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077