काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बन्द गराउँदै हिड्ने ३९ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट २४, ललितपुरमा १२ र भक्तपुरबाट तीन जना गरी ३९ जनालाई पक्राउ गरेको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा आज नेकपा लगायतका ६ कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका छन् । पछि बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् ।
प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । देशका धेरै ठाउँमा बिहानैदेखि सामान्य रुपमा गाडी चलिरहेका छन् ।
यस्तै बन्दकर्ताले कोटेश्वरमा एउटा ट्याक्सी जलाउन खोजे पनि प्रहरीले सफल हुन दिएन् । ट्याक्सी जलाउन खाज्ने एकजना पक्राउ परेका छन् । देशभर बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।
Leave a Reply