Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौंको सुरक्षा व्यवस्था कडा, उपत्यकाका विभिन्न ठाउँबाट १८ जना पक्राउ

    काठमाडौंको सुरक्षा व्यवस्था कडा, उपत्यकाका विभिन्न ठाउँबाट १८ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र मोर्चाले आज बन्द आह्वान गरेसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

    सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्‍मा टेबल गर्ने तयारी गरेसँगै काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।



    सडक र चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेसँगै देशभर सुरक्षा व्यवस्थालाई थप चुस्त बनाइएको छ ।



    प्रहरीकाअनुसार यतिबेला काठमाडौं उपत्यकामा सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीका सवारी भने चल्न सकेका छैनन्।

    यसअघि गृह मन्त्रालयले मंगलबार सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिइसकेको छ ।

    यस्तै बन्दकर्ताको आंशकामा काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्म १८ जनलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार