Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल बन्द घोषणासँगै गृह मन्त्रालयको निर्देशन-'शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउनु'

काठमाडौं । पाँच राजनीतिक दल र एउटा मोर्चाले बुधबार नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

सरकारले एमसीसीलाई भोलि संसदमा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरुले नेपाल बन्दको घोषणा गरेका छन् ।

सोही सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

कानून विपरीतका उल्लेखित गतिविधिहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077