Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युक्रेन संकट : सीमा क्षेत्रबाट रुसले आफ्ना केही सैनिक फिर्ता गर्‍यो

एजेन्सी । युक्रेनसँगको सीमा क्षेत्रबाट रुसले आफ्ना केही सैनिक फिर्ता गरेको छ । रुसको रक्षा मन्त्रालयले सीमा क्षेत्रमा अभ्यास पूरा गरेका सैनिकहरू फिर्ता भएका र अझै पनि अभ्यास भइरहेको जनाएको छ ।

अमेरिकाले रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने बताइरहेका बेला रुसले भने सेना र सेनाले प्रयोग गर्ने सवारी साधनहरू फिर्ता गरेको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा सैनिक फिर्ता हुने क्रम सुरु भएको र अब अभ्यास सकेकाहरू फिर्ता हुने क्रम निरन्तर हुने जानकारी गराएको छ ।

युक्रेनले पनि आफ्नो सीमा क्षेत्रबाट रुसी सेना फर्किरहेका र त्यहाँ रहेका सेना पनि चाँडै फर्कने विश्वास गरेको छ । अघिल्लो केही महिनादेखि युक्रेनको सीमामा रुसले एक लाखभन्दा धेरै सङ्ख्यामा सैनिक तैनाथ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077