Online Nepal
  • बिहिबार, १८ पुष २०८१
  • पूर्वडीआईजीको फोन: ड्राइभरले उठाएनन्, गार्डले बीजी भने र पिएले ब्लक गरे

    पूर्वडीआईजीको फोन: ड्राइभरले उठाएनन्, गार्डले बीजी भने र पिएले ब्लक गरे

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 10.3K
    SHARES

    ‘प्रहरी नायव महानिरीक्षकको तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ कि देखिदैन जान्न मन लाग्यो ।

    मैले मेरो पहिलेको ड्राइभरलाई फोन गरें । त्यो ड्राइभरको वृत्ति विकासका लागि मैले धेरै काम गरिदिएको थिएँ । रिङ्गटोन बजिरह्यो तर उसले फोन उठाएन । दुई तीनपटक फोन गर्दा पनि फोन उठेन । त्यसपछि मैले मेरो गार्डलाई फोन गरें । गार्डलाई म धेरै माया गर्थें र उसलाई धेरै अवसर दिलाएको पनि थिएँ । उसले पनि पहिलोपटक फोन उठाएन । दोस्रोपटक फोन उठायो र भन्यो ” सर म त विजी छु। त्यसपछि उसले फोन काट्यो ।



    मैले आफ्नो पिए बसिसकेको प्रहरी अधिकृतलाई फोन गरें । …आधा रिङ्ग बज्यो र त्यसपछि आवाज आयो ‘…. तपाईंले सम्पर्क गर्न खोज्नु भएको नंबर व्यस्त छ ।” मतलब उसले मलाई ब्लक गरिसकेको थियो ।



    मैले एक व्यक्तिलाई फोन गरें । म शक्तिमा छँदा उ मलाई पटकपटक फोन गर्थ्यो र स्टार होटेलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोधमात्र होइन, अनुनय विनय गर्थ्यो । उसले फोन उठायो र हाँस्दै भन्यो ” सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर । एकछिन पछि आफै कल गर्छु ।” म चुप लागें । उसले सोच्यो मैले फोन राखिसकें । उसको पछाडिबाट आवाज आयो “को हो ?” उसले भन्यो ” रिटायर्ड डिआइजी हो यार । अब यसको के काम छ स्साला ….!”

    म सत्ता र शक्तिमा हुँदा प्राय:ले भन्ने गर्थे ” यो साहित्य वाहित्यमा के राखेको छ र !! यत्रो पदमा पुगेको मान्छे !” मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ । त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ ।’ (पूर्वडीआईजी महेशविक्रम शाहको फेसबुकबाट साभार, उनी  मदन पुरस्कार विजेता साहित्यकार पनि हुन् )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार