Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक, एमसीसी टेबुल गरिँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

सभामुख सापकोटाले संसद् भवन, नयाँबानेश्वरमा बुधबार बिहान ११ः३० बजे समितिको बैठक आह्वान गरेको संसद् सचिवालयले जनाएको छ ।

यसैबीच, सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन। सम्भवतः यसै विषयलाई टुङ्ग्याउन सभामुखले समितिको बैठक डाकेका हुन् ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077