Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीको विरोधमा भोलि नेपाल बन्द गर्ने विप्लवको घोषणा

काठमाडौँ । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच वामपन्थी पार्टीहरुले भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।

एमसीसी भोलि संसदमा टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती गरेपछि पाँच वटा पार्टी तथा एउटा मोर्चाले देशव्यापी नेपाल बन्दको घोषणा गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077