Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादीले पनि बोलायो संसदीय दलको बैठक, एमसीसीबारे निर्णय लिइने

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।

बैठक बुधबार विहान १० बजेका लागि बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने गुरुङले बताए । त्यसका लागि सभामुख अग्नि प्रसाद सापकोटाले बैठक भोलि विहान साँढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन्।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दै छ।  बैठकमा एमसीसी टेबुल हुने बुझिएको छ ।

यसअघि आजै दिउँसो बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह समेत गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077