Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस बैठक: सांसदहरुको एकै स्वर- 'एमसीसी अनुमोदन हुनुपर्छ'

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका अधिकांश सांसदहरु अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्षमा उभिएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए ।

यस्तै, कोइरालाका अनुसार बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका थिए ।

‘उहाँ (सभापति)ले भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने, ‘अरु सबैले पनि त्यही बोले कि एमसीसी पास गर्नुपर्छ।'

यस्तै, कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौता चीनविरुद्ध नरहेको बताए । ‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ महतले भने, ‘यो चीनविरुद्ध छैन ।’

महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको समेत बताए । ‘यो देशकै हितमा छ, विदेशी सेना आउने कुरै छैन,' महतले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077