Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी देशकै हितमा छ, अमेरिकी सेना आउने होइन: रामशरण महत

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता चीनविरुद्ध नरहेको बताएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संसदमा भवनमा बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले एमसीसी चीनविरुद्ध नरहेको बताएका हुन् ।

‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ महतले भने, ‘यो चीनविरुद्ध छैन ।’ महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको समेत बताए । 'यो देशकै हितमा छ, विदेशी सेना आउने कुरै छैन।'

महतका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, महतले भने ।

आफ्नो पार्टीका अधिकांश सांसद एमसीसीको पक्षमा रहेको महतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077