Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, महाअभियोग र एमसीसीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । भातृ तथा शुभेच्छुक संस्थाहरूको विधान, एमसीसी, महाअभियोग र नेतृत्वका विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बताइएको छ । माघ २७ गतेदेखि पार्टी कार्यालय सानेपामा जारी बैठक २८ र पुस १ गते पनि बसेको थियो ।

पूर्वनिर्धारित अजेन्डाबाहेक समसामयिक राजनीतिक घटनाक्रममा समेत छलफल केन्द्रित भएपछि बैठक लम्बिएको हो। ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले बैठकमा धारणा राखिसकेका छन् ।

बैठकको मुख्य एजेन्डा भातृ तथा शुभेच्छुक संस्थाहरूको विधान, एमसीसी, प्रधानन्यायाधीश विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता र नेतृत्वका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077