Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् खाली कागजमा हस्ताक्षर गर्न नमान्ने एमालेका पाँच सांसद

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । उनीहरुले प्रतिशोधको राजनीति गर्न नहुने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेको जनाएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो ।

ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा नेतृत्वले सोच विचार गरेर मात्रै यसरी गराइएको हस्ताक्षरको प्रयोग गर्ने बताएका थिए । तर, पाँच सांसदले भने त्यसलाई अस्वीकार गरेका हुन् ।

संसदीय दलको बैठकमा सांसद महेश बस्नेतले भने सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अविश्वासको प्रस्ताव लानुपर्ने प्रस्ताव गरेका थिए । यद्यपी हस्ताक्षर गरेकै केही सांसदहरुले भने नेतृत्वलाई प्रतिशोधको राजनीति नगर्ने आग्रह गरेका थिए । हस्ताक्षर गरेका कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मोहन बानियाँ, विमला विकलगायतले यस्तो आग्रह गरेका हुन् ।

सांसदहरुले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाएको महाअभियोग र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा उक्त हस्ताक्ष प्रयोग हुने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077