काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आज बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बैठक बोलाइएको हो ।
बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको विषयमा छलफल हुने बुझिएको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई सभामुखले छलफलमा बोलाएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बैठकमा सहभागि हुने/नहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । यसअघिका बैठकमा एमाले उपस्थित भएको छैन् ।
Leave a Reply