Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीको पक्षमा देशभर अभियान सञ्चालन गर्ने काग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को पक्षमा देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले एमसीसीबारे भ्रम छर्ने कोशिष भएको भन्दै देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै कांग्रेसले संसदमा प्रस्ताव पारित गर्नको लागि पहल गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले एमसीसीबारे पार्टीमा कुनै विवाद नरहेको र संसदमा लगेर पारित गर्न विशेष पहल गर्ने बताए ।

एमसीसीबारे देशमा भ्रम गर्ने कोशिष भएको छ, भ्रम चिर्न देशभरी अभियानको रुपमा जाने र संसदमा लगेर प्रस्ताव पारित गर्नको लाग्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077