Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्षेत्रीलाई महानिर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश, अधिकारीको पद धरापमा

काठमाडौँ । सर्वोच्च अदालतले राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशकबाट अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले महानिर्देशक क्षेत्रीलाई अवकाश दिने गरी मंसिर पुस २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

साथै, दुवै पक्षलाई छलफलका लागि बोलाउँदै फागुन ९ गतेका लागि अर्को पेसी तोकिएको छ।

यसअघि सरकारले ६ जना १२ औं तहका सिनियर हुँदाहुँदै ११ औं तहका कनिष्ट प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरेको थियो । क्षेत्री काममा फर्किएसँगै अधिकारीको पद के हुने हो भन्नेमा अन्यौलता बढेको छ।

यस्तो छ अदालतको आदेश:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077