Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजदेखि बिनायात्रु सञ्चालनमा आयो रेल

जनकपुरधाम । नेपाल सरकारले खरिद गरेको रेल आज देखि सञ्चालनमा ल्याइएको छ । अहिले यात्रु विनानै सञ्चालन गर्न लागेको हो । उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न रेल आजदेखि दिनको एक पटक चल्न भएको छ ।

रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ । रेल्वे लिकमा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ‘ड्रायरन’ गर्नु आवश्यक रहेको महाप्रवन्धक झाले बताए ।

‘ड्रायरन’ गर्नाले लिकामा पशु छाडा छाड्ने, मान्छेहरु जथाभावी गएर बसिदिने, बाटो काट्ने जस्ता समस्या समाधान हुन्छ । रेल चल्न थाल्यो भनेर लिकमा जथाभावी गर्नु हुँदैन भन्ने सर्वसाधारणमा जनचेतना फैलिन्छ’ झाले भने ।

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।

२ असोज २०७७ मा भारतबाट खरिद गरी दुई सेट रेल नेपाल भित्र्याइएको थियो । भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरि तामझाम सहित ल्याएको दुइ सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077