Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

बैठक बिहीबारदेखि पार्टी कार्यालय सानेपामा बस्दै आएको हो ।

आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघलगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त रहनुका साथै म्यादसमेत सकिएको अवस्था छ ।

बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिहरू समेत गठन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077