Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच १ घण्टा फोनवार्ता

    युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच १ घण्टा फोनवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनमा विवाद बढेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन संवाद भएको छ । युद्ध हुन नदिन दुई नेताबीच शनिबार करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको हो ।

    क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले वासिङ्टनले वार्ताको पहल गरेको बताए । दुई नेताबीच यसअघि २०२१ को अन्त्यतिर र त्यसअघि डिसेम्बर ७ मा भिडियो संवाद भएको थियो । २०२१ को जुनमा पहिलो पटक जेनेभामा प्रत्यक्ष भेटवार्ता गरेका थिए ।



    वासिङ्टन र उसका सहयोगीहरूले रुसी फौजले कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।



    यस्तै पश्चिमा शक्तिहरूले रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिएपछि अमेरिका, बेलायत, जर्मनी, बुल्गेरिया, पोर्चुगल, अष्ट्रेलिया, न्यूजील्यान्ड, इटली, द नेदरल्यान्ड, इजरायल, जापानलगायत देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार