Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • २७औं जनयुद्ध दिवसमा प्रचण्डको अपिल : ‘छरिएका सबै माओवादीहरु एकतावद्ध होऔँ’

    २७औं जनयुद्ध दिवसमा प्रचण्डको अपिल : ‘छरिएका सबै माओवादीहरु एकतावद्ध होऔँ’

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई देशका अगाडि आइपरेको समस्यालाई आत्मसाथ गर्दै एकतावद्ध हुन अपिल गरेका छन् ।

    २७औं जनयुद्धको अवसरमा एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु लागि परेको आरोपसमेत लगाएका छन् ।



    जनयुद्ध दिवसको अवसरमा माओवादीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुक आम जनसमुदायलाई एकाबद्ध भएर सबैखाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडी बढ्न अपील अध्यक्ष प्रचण्डले आग्रह गरेका छन् ।

    ‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु,’ प्रचण्डले बिज्ञप्तिमा भनेका छन् ।

    संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान रहेको उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार