Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवले जनकारबाही जारी राखेकोमा सरकारको आपत्ति

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच यसअघि भएको सम्झौता कार्यान्वयनबारे शनिबार वार्ता भएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रम देउवा र नेत्रविक्रम चन्द विप्लवबीच भेटमा सहमति पूर्ण रूपमा कार्यान्वयन गर्ने बारे सहमति भएको थियो । त्यसैक्रममा शनिबार वार्ता भएको हो ।

गृह मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

वार्तामा गृहमन्त्री खाणले सहमतिविपरीत उक्त पार्टीका नाममा जनकारबाही तथा जग्गा कब्जाजस्ता गतिविधि नरोकिएकोप्रति ध्यानाकर्षण गराएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077