Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एमसीसी बारे देउवा र प्रचण्ड–नेपालबीच सहमति जुटेन, गठबन्धन तोडिने संकेत

    एमसीसी बारे देउवा र प्रचण्ड–नेपालबीच सहमति जुटेन, गठबन्धन तोडिने संकेत

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भएको बैठक बिना निष्कर्ष सकिएको छ ।

    अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।



    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा छलफल भएको थियो ।



    बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए । देउवाले एमसीसीलाई संसदमा टेबल गर्ने र त्यहीँ आ–आफ्नो धारणा राखेर त्यहीँबाट छिनोफानो गरौँ भनेर राखेको प्रस्ताव प्रचण्ड र नेपालले अस्वीकार गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।

    प्रचण्ड–नेपालले स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने धारणा राखेको बालुवाटार स्रोतले बतायो । एमसीसी संसदमा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले कुरा राखेका थिए ।

    जवाफमा प्रधानमन्त्री देउवाले संसदमा सबै दलले धारणा राख्न पाउने भन्दै एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ चेतावनी दिएको स्रोतको दावी छ ।

    अमेरिकाले यही फेब्रअुरी २८ अर्थात फागुन १६ गतेभित्र एमसीसीबारे छिनोफानो गर्न नेपाललाई समयसिमा दिएको छ । यसका लागि अमेरिकी पक्षले नेपालका शीर्ष नेतृत्वलाई निरन्तर दबाब दिइरहेको छ ।

    केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको धम्की दिएका थिए । जसको चो्ैतर्फी विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार