Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • दाङको जुत्ता चप्पल गोदाममा आगलागी : छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

    दाङको जुत्ता चप्पल गोदाममा आगलागी : छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.3K
    SHARES

    दाङ । सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो ।

    छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन् । ‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस सुतेका थिए । हेर्दाहेर्दै आगो दन्कियो । छोराहरू पनि आउन सकेनन् ।’ सात वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन् ।



    उनका श्रीमान् हुसेन बक्स घरबाहिर भएका कारण बाँच्न सफल भए । शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागीको घटनामा परी पाँच जनाको मृत्यु भएको थियो ।



    तेस्रो तलामा सुतेका नजरदिन अलिको परिवारले दर्दनाक पीडा भोग्यो । श्रीमती लैला मिया, ७० वर्षका बुबा र पाँच वर्षको छोरालाई बाहिर पठाएपछि जनरदिन १३ वर्षीय सुजिता खातुन र ६ वर्षका छोरा आदिददिन खातुनलाई लिन भन्दै गए । तर, आगोको लप्कामा परेर दुई छोरा छोरीसहित नजर दिन आगोमै बिलाए ।

    सो आगलागीमा तीन जना स्टाफसहित आठ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार सो घरमा अर्को कस्मेटिक पसल पनि थियो । राति २ बजे आगलागी भएको प्रहरीले थाहा पाएको थियो ।

    लगत्तै तुलसीपुर÷घोराही उपमहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासमा बिहान करिब ७ बजे आगो निन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुर डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

    आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि मात्रै प्रहरीले पाँच जनाको शव बाहिर निकाल्न सफल भएको थियो । यसैबीच प्रहरीले ७ करोडबराबरको क्षति भएको बताएको छ । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार