Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वएसपी जयबिष्णु नेपालीलाई नेपाल प्रहरीको ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) जयबिष्णु नेपालीलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६औं वार्षिकोत्सव कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) थापा क्षेत्रीले नेपालीलाई सो पुरस्कारसहित सम्मान गरेका हुन् ।

सो अवसरमा आईजीपी क्षेत्रीले अनवरत रुपमा उक्त प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा सेवारत रहि घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तर्वार्ता तालिमको थालनी एवं नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याएको भन्दै अवकाश प्राप्त एसपी नेपालीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका हुन ।

कार्यक्रममा आईजीपी क्षेत्रीले साइबर युगको वर्तमान अवस्थामा साइबर युगलाई अभ्यास गर्ने गरी अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताए ।

नेपाल प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीको साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्रीहरु निर्माण गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077