काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलिनियम कर्पोरेशन (एमसीसी)सम्झौताको बिषयलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीरतापुर्वक नलिएको बताएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार बिहीबार प्रचण्डले ओलीलाई एमसीसीबारे छलफलका लागि टेलिफोन गरेका थिए। तर, संवादका क्रममा ओलीले गम्भीरतापुर्वक जवाफ नदिएको मल्लको भनाइ छ।
हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा(एमाले)का अध्यक्ष ओलीका बीचमा फोन सम्वाद भएको हो,’ मल्लले भने,’ अध्यक्ष कमरेड प्रचण्डले, एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न आग्रह गरेका थिए।
‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचनपछि लैजाने कुरा गरौं, भन्नुभएको हो,’ मल्लले भने।
मल्लले अघि भने, ‘तर, अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक लिनु भएन । उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस । तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो । यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन।’
मल्लको जवाफअघि एमाले प्रचार प्रसार उपप्रमुख बिष्णु रिजालका अनुसार एमसीसीमा एमालेले ‘निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीलाई फोन गरेका थिए । जबाफमा ओलीले पहिला सत्तारुढ दलको धारणा मागेका थिए ।
Leave a Reply