Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राप्रपा र राजसंस्थासँग मेरो डिभोर्स भइसक्यो, अब म स्वतन्त्र नागरिक हुँ: कमल थापा

    राप्रपा र राजसंस्थासँग मेरो डिभोर्स भइसक्यो, अब म स्वतन्त्र नागरिक हुँ: कमल थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले आफूले राप्रपालाई फुटाएको नभएर परित्याग गरेको दाबी गरेका छन्। राजसंस्था र राप्रपासँग डिभोर्स गरी हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई आधार बनाएर निकट भविष्यमा नयाँ पार्टी गठन गर्ने थापाको भनाइ छ।

    थापाले प्राइम टाइम टेलिभिजनबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रस्तोता ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘म ३१ वर्ष राप्रपामा निरन्तर क्रियाशील रहेँ । सूर्यबहादुर थापाको पार्टी स्थापना लगत्तै राजनीतिक सचिव, प्रवक्ता, महामन्त्री हुँदै अध्यक्षसम्म भएँ।  म अब राजाविहीन प्रजातन्त्रको पक्षमा हुन्छु ।’



    अबदेखि आफू राजसंस्था पुनःस्थापनाको कार्यनीति लिएर सडकमा नजाने थापाको भनाइ छ । ‘राप्रपा र राजसंस्थासँग मेरो डिभोर्स भैसक्यो, अब  राजसंस्था पुनःस्थापनाको कार्यनीति लिएर सडकमा जान्न,’ थापाले भने।



    गीता छोएर खाएको पार्टी नफुटाउने कसम त तोड्नुभयो नि भन्ने प्रस्तोता धमलाको प्रश्नमा थापाले भने, ‘मैले राप्रपा फुटाउने प्रश्नै भएन । म राप्रपामा नै छैन । हो, मैले राप्रपा फुटाउँदिनँ भनेर कसम खाएको हुँ । राप्रपालाई एकीकृत गरेर नेपालमा हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र ल्याउने मेरो सपना थियो । त्यसका निम्ति धेरै मिहिनेत गरेँ । दुई पार्टी एकीकरण गर्दा तीन अध्यक्ष स्वीकार गरेँ । लोकप्रिय चुनाव चिह्न गाईलाई छाडेर हलो मान्न पनि तयार भएँ । महाधिवेशनसम्म आइपुग्दा मेरो सपना चकनाचुर भयो । अब म स्वतन्त्र नागरिकका रुपमा रहेको छु ।’

    गीता छोएर कसम खाएकाले नै राप्रपाभित्र बसेर पार्टी नफुटाएको नेता थापाको स्पष्टोक्ति छ । थापाले थपे, ‘महाधिवेशनमा म पराजित भए पनि मेरो टिमबाट दुई तिहाइ बहुमत सदस्य निर्वाचित भएका छन् । महाधिवेशनपछि म ४० प्रतिशतले पार्टी फुटाउन सक्थेँ । तर गीता छोएर कसम खाएकाले राप्रपाभित्र बसेर पार्टी फुटाइन, म अलग्गिएको मात्र हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार