Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बिहीबार नेताहरुको बोल्ने क्रममा नसकिएपछि आज पनि बैठक बस्न लागेको हो । समिति गठन भएपछि बिहीबार पहिलोपटक बैठक बसेको हो ।

समितिको बैठक आज दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकको पहिलो दिन बोल्ने सदस्यहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए । पहिलो दिनको बैठकमा गोपालमान श्रेष्ठ, डा शशांक कोइराला, सुनील थापा, उमा रेग्मी विजयकुमार गच्छदारलगायत १२ जना नेताहरुले आफ्नो धारणा राखेका हुन् ।

बैठकमा नेताहरूको बोल्ने क्रम नसकिएकाले आज पुनः बस्न लागेको हो । आज बस्ने बैठकमा पनि सोही बिषयहरुमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077