Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की दिएको बारे जानकारी गराउन नेता रावलको माग

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई लिएर शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले फोन गरेको विषयबारे यथार्थ जानकारी गराउन माग गरेका छन् । आज राति सामाजिक सञ्जालमार्फत नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको विषयबारे यथार्थ जानकारी गराउन माग गरेका हुन् । यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानविरुद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले लेखेका छन्,'शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ। यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।'अनुदान' मा धम्की ?!'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077