काठमाडौं । काठमाडौंका व्यापारी विजय चौधरीको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र उनकी श्रीमती ३५ वर्षीय हदिसुन नेसा, रामग्राम नगरपालिका–२ परासी बस्ने वसन्तकुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाडौँका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पक्राउ परेका ६ जनालाई आज सार्वजनिक गरेका हो । देवान दम्पतीलाई भारताट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
उनीहरुले २० लाखको प्रलोभनमा परेर चौधरीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–२७ असनमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय चौधरीको शव माघ १० गते नवलपरासीको रामग्रामा फेला परेको थियो ।
Leave a Reply