Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाको नेतृत्वमा ‘राष्ट्रिय एकता पार्टी नेपाल’ दर्ता गर्ने निर्णय

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा नेतृत्वको समूहले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ ।

फागुन १ गते नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय भएको बताइएको छ । थापा नेतृत्वको पार्टीमा पूर्वकोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ, उद्धव पौडेल, पूर्वप्रवक्ता सुशील श्रेष्ठसहितका नेता रहने छन् ।

थापाले हिन्दुराष्ट्रको एजेन्डा बोकेर नयाँ पार्टी गठन गर्न राप्रपा परित्याग गरिसकेका छन् । उनले मंगलबार गृहजिल्ला हेटौडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077