कैलाली । धनगढीमा लेनदेन र चोरी मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा लेनदेन मुद्धाका राकेश राना र चोरी मुद्दाका बिपिन मल्ल रहेका छन् ।
लेनदेन मुद्दामा ९५ हजार ८३० जरिवाना र ६ महिना कैद सजाय भई फरार रहेका धनगढी १० का २९ वर्षीय राकेश राना र चोरी मुद्धामा ६ हजार जरिवाना, ३ महिना कैद सजाय पाएका बिपिन मल्ललाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
रानालाई कैलाली जिल्ला अदालतको मिति २०७८/०९/२३ गते आदेशले र मल्ललाई मिति २०७६/०३/१८ गतेको फैसलाले उक्त सजाय सुनाएको थियो।
Leave a Reply