Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै स्थानीय तहमा उमेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सबै पालिका तथा वडामा उम्मेदवारी दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि वार्तालाई निरन्तरता दिने, वार्ता नभएका समूहसँग वार्ता गर्ने र हाल पार्टीमा समावेश भएकाहरूलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरु र प्रदेश कार्य समिति अध्यक्षहरुको उपस्थिति रहेको थियो । पार्टीको अर्को बैठक फागुन ११ गते बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077