Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फागुन २ गतेको संसद् बैठक सार्न एमालेको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ ।

एमालेले फागुन २ गते आफ्नो पार्टीको प्रदेश १ स्तरीय भेला राखिएको भन्दै त्यस दिन तय गरिएको प्रतिनिधिसभाको बैठक सार्न सभामुख अग्नि प्रसाद सापकोटासमक्ष आग्रह गरेको हो।

प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरिएको एमालेको भनाइ छ।

पछिल्लो समय विभिन्न कारण देखाउँदै प्रतिनिधिसभाको बैठक सारिँदै आइएको छ । पुस ७ यता मात्रै प्रतिनिधिसभाको बैठक निरन्तर ६ पटक सरी सकेको छ ।

यसअघि पुस १८, पुस २२, पुस २८, माघ ३ गते, माघ १६ र माघ २६ गते बोलाइएको बैठक अन्तिम समयमा सारिएका थिए । अब बस्ने संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउने तयारी गरेका छन् । तर, सभामुख सापकोटा एमसीसीको विरुद्ध छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077