Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने जनक शिक्षाको तयारी

    २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने जनक शिक्षाको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । जनक शिक्षा सामग्री संस्थानले ६ हजार ७ सय ४३ वडाका करिब २ सय प्रकारका पौने ६ लाख मतपत्र छपाइ गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले ६ हजार ७ सय ४३ मतपत्र छपाइ गर्न पत्राचार गरेलगत्तै जनकशिक्षाले सो तयारी गरेको हो ।

    निर्वाचन आयोगले मंगलबार करिब दुई साताभित्र सबै मतपत्र छपाइ सक्ने गरी मतपत्र छपाइ, व्यवस्थापन र मेसिनको अवस्थाबारे समेत तयारी गर्न केन्द्रलाई पत्राचार गरेको थियो । सोही आधारमा संस्थानले छपाइको गृहकार्य शुरू गरेको हो ।



    केन्द्रका प्रशासन विभाग प्रमुख एवं प्रवक्ता चित्रकुमार आचार्यले पहिलो चरणको काम शुरू भएको जानकारी दिँदै भने–‘आयोगको पत्र प्राप्त भएलगत्तै मंगलबार नै बैठक बसेर हामी तयारी अवस्थामा रहेको पत्र आयोगलाई पठाएका छौं । हामीले पहिलो चरणको छलफल सकाएका छौं, आवश्यकताको आधारमा पुनः बैठक बसेर थप निर्णय गर्नेछौं ।’



    उनका अनुसार संस्थानले मतपत्र छपाइका लागि कार्ययोजना तयार गरी पठाइसकेको छ । उनले संस्थानसँग ९ वटा छपाइ मेसिन तयारी हालतमा रहेको र पाठ्यपुस्तक छपाइ गरेलगत्तै सबै मेसिन मतपत्र छपाइ गर्न प्रयोग गरिने जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार