Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एमसीसीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

आज साँझ ५ बजेपछि प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्ने तयारीमा भइरहेका बेला शिर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । दुई नेताबीच एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको दुई दिनपछि दुई नेताबीच भेट भएको हो । आज नै अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि आफ्नै निवासमा भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077