Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध फागुन १ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

फागुन १ गते दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरिएको मोर्चा संगठन प्रमुख विजय पौडेलले जानकारी दिए ।

विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन दिने निर्णय समेत भएको उनले बताए । एमसीसीको विषय सत्ता गठबन्धनमै पेचिलो बन्दै गएका बेला नेकपा एसले सडकमै उत्रिएर विरोध गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077