Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादीले भन्यो- द्वन्द्वकालिन मुद्दालाई उछालेर सभामुखमाथि आक्रमण गर्नु गम्भीर षडयन्त्र हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उछालेर सभामुखमाथि आक्रमण गरेको भन्दै यसका पछाडि गम्भीर षडयन्त्र रहेको बताएको छ ।

हिजो कणकमणि दिक्षितलगायतका केही अभियान्ताले द्वन्द्वकालीन मुद्दाका प्रसंग उठाउँदै सभामुख अग्नि सापकोटालाई कारबाही गर्नुपर्ने माग गरेको भोलिपल्ट माओवादीले यस्तो बताएको हो ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले समाजिक सञ्जालमा धारणा व्यक्त गर्दै यसभित्र गम्भीर षडयन्त्र भएको बताएका हुन्।

‘जनप्रतिनिधिमुलक संस्थामाथी प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरी आज मुलुक पुनः निर्वाचनको प्रक्रिया हुँदै शान्ति र संविधानलाई नयाँ उचाईमा कृयाशिल गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालिन मुद्दालाई उछालेर सम्माननीय सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति हो,’ मल्लले सामाजिक संजालमा लेखेका छन्।

मल्लले अघि लेखेका छन्, 'जनयुद्ध, जन-आन्दोलन, बिस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुदै नयाँ संविधानमार्फत संस्थागत हुदै गरेको नेपालको राजनैतिक परिवर्तनलाई ध्वस्त पार्न सुरु देखि नै एकथरी शक्तिहरु सकृय रहदै आएका थिए ।'

'यो विषय सामान्य छैन । यो राष्ट्रिय सिमाबाट मात्र निर्देशित पनि छैन । यसले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई बिभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडी धकेल्न चाहन्छ, ' मल्लले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077